आजपनि घट्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजपनि घट्यो नेप्से परिसूचक

काठमाडौँ । बुधबार सेयर बजार घटेको छ। बुधबार नेप्से परिसूचक ९.१८ अंकले घटेर १८५७.२३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१९ अंकले घटेर ३५५.८३ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर खरिद बिक्री हुँदा ६२ करोड २ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ३ करोडभन्दा बढीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र श्वेत गंगा हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् । एनआईबिएल ग्रोथ फण्ड र सनराइज ब्लु चिप फन्डका लगानीकर्ताले अत्याधिक गुमाएका छन् ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);