साताको कारोबारको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८०, बुधवार

साताको कारोबारको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ विन्दुमा पुगेको छ।  ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८१ अङ्कले घटेर ३७३.५६ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर हिमालयन डिस्टिलरी अग्रिम स्थानमा छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा बुद्ध भुमि नेपाल हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। ग्लोबल आईएमई लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Leave a Reply