बुधबार दोहोरो अंकले घट्यो सेयर बजार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बुधबार दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ। साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ अङ्कले घटेर ३७८.३७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २८ करोड ८३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा अपर तामाकोशी हाइड्रोपावर अग्रिम स्थानमा छ। यसको आज ७ करोड ५५ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक घटेको छ। आजको कारोबारमा आदर्श लघुवित्त र बाराही हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, बोटलर्स नेपाल (तराई) र सिवाईसी नेपालका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);