दोहोरो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.३९ अंकले बढेर १८४५.०१ विन्दुमा पुगेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०० अंकले बढेर ३५२.९४ विन्दुमा पुगेको छ ।

नेप्सेमा कूल २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर खरिद बिक्री हुँदा ८५ करोड ७६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र इष्टन हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);