टेलिकमले भारत र थाइल्यान्डको महसुल घटायो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

टेलिकमले भारत र थाइल्यान्डको महसुल घटायो

काठमाडौं, ३ जेठ । नेपाल टेलिकमले रोमिङ महसुल चार गुणा घटाएको छ । टेलिकमले भारत र थाइल्यान्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल उल्लेख्य मात्रामा घटाएको हो ।
अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि टेलिकमले रोमिङ महसुल घटाएको टेलिकमले जनाएको छ ।

नयाँ दरअनुसार नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ । नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि अब प्रतिमिनेट सात रुपैयाँ नै लाग्नेछ । एसएमएस गर्दा पनि प्रतिएसएमएस सात रुपैयाँ नै लाग्नेछ ।

यसअघि रोमिङ सेवा लिएर भारतको कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ, अन्य नम्बरबाट आएको कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ र एसएमएस गर्दा प्रति एसएमएस २४ रुपैयाँ लाग्ने गरेको थियो ।

थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा अब प्रतिमिनेट ५० रुपैयाँ लाग्ने भएको छ । यसअघि यस्तो सेवा लिंदा प्रतिमिनेट १३५ रुपैयाँ लाग्ने गरेको थियो ।

थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट ९० रुपैयाँ लाग्दै आएकोमा अब प्रतिमिनेट २५ रुपैयाँ लाग्ने भएको छ । थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपैयाँ लाग्ने गरेकोमा अब १० रुपैयाँ मात्रै लाग्ने मन्त्री शर्माको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

भारत र थाइल्यान्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा हाल प्रतिएमबी ४० रुपैयाँ लाग्दै आएकोमा अब प्रति एक सय केवीको ४९ पैसा अर्थात प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्नेछ ।

 

अघिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);