झिँनो अंकले बढ्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झिँनो अंकले बढ्यो नेप्से

काठमाडौँ । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.०१ अंकले घटेर ३४९.०० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंकको अग्रिम स्थानमा छ। यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बाहेक सबै उपसूचक बढेको छ । आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र माया खोला हाइड्रोपावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);