सामान्य अंकले घट्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८१, शनिबार

सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । बिहिबार सेयर बजार घटेको छ। बिहिबार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४६ अङ्कले घटेर ३६१.०९ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६९ कम्पनीको २१ लाख ७४ हजार ९१४ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ९६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा एभरेष्ट बैंकको अग्रिम स्थानमा छ। यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ।

बिहिबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। आजको कारोबारमा सिटिजन म्युचुअल फण्ड र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। एनआईबिएल ग्रोथ फण्ड र एनएमबि ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);