कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्णःगभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्णःगभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनुभएको छ ।

बिहीवार राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय आयातमा कमी आउँदा सरकारको राजश्व संकलन गत वर्षको भन्दा घटेको बताउनु भयो । उहाँले राजश्व संकलनमा कमी आएसँगै बढ्दो सरकारी चालु खर्चले गर्दा सरकारी वित्त व्यवस्थापन चुनौतिपूर्ण बनेको बताउनु भयो । उहाँले बैंकले ब्याजदर घटाउँदा आन्तरिक आर्थिक गतिविधि बढ्दै जान थालेको बताउनु भयो। उहाँले पछिल्लो महिनामा मूल्यवृद्धि पनि घट्दो क्रममा रहेका बताउनु भयो ।

उहाँले बैंकिङ प्रणालीको कर्जा असुलीमा पनि केही दबाब परको बताउनु भयो। गभर्नर अधिकारीले १० बिलासी वस्तुको आयात रोकेपनि शोधानान्तर स्थिति र विदेशी मुद्राको सञ्चितिमा निरन्तर सुधार आएसँगै राष्ट्र बैंकको प्रयासले गत असोजबाट शोधनान्तर स्थितिमा सुधार भएको बताउनु भयो। उहाँले अहिले शोधानान्तर र विदेशी विनिमय सुधारका कारण ब्याजदर घटन लागेको बताउनु भयो ।

उहाँले पछिल्लो समय वित्तीय स्थिति सुधार हुँदै गएको दाबी गर्नुभयो । गभर्नर अधिकारीले अहिले निक्षेप र आधारदर घटेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधार हुँदै आएको बताउनु भयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);