बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइनः गभर्नर अधिकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या आएको होइनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गर्नुभएको छ ।

मंगलवार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर वृद्धिको कारणले मात्रै अर्थतन्त्रमा समस्या नभएको जस्तो गरी आइरहेका अभिव्यक्ति जस्तो अहिलेको अर्थतन्त्रका समस्या र अर्थतन्त्र चलायमान नहुनुमा ब्याजदर मात्रै नभएको दाबी गर्नुभएको हो । उहाँले मुलुकभित्र आर्थिक गतिविधि कम हुनुमा ब्याजदर मात्रै कारक नभएको बताउनु भयो ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा समस्या आउनुमा बैंकको ब्याजदर बाहेक अन्य तत्वहरु पनि रहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले घोषित रुपमा आन्दोलन गरी व्यवसाय बन्द गर्दा आर्थिक गतिविधि चलायमानमा समस्या भएको बताउनु भयो । गभर्नर अधिकारीले ब्याजदर महँगो भएको भन्दै राष्ट्र बैंकप्रति नै औँला ठड्याएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले राष्ट्र बैंक देखाएर राष्ट्र बैंक माथि औला ठडाउदा खुसी लाग्ने भन्दै एउटा उत्पादनको लागतमा ब्याजको हिस्सा कति हुन्छ सबैले मनन गर्नुपर्ने बताउनु भयो । गभर्नर अधिकारीले यो भन्दा अघि पनि कर्जाको ब्याजदर १३ प्रतिशतभन्दा माथि पुगेको बताउनु भयो । उहाँले विगतमा १३ प्रतिशत ब्याजदर पुग्दा पनि आर्थिक क्रियाकलाप भइरहेकाले आम्दानी हुँदा बेवास्था गरिएको भन्दै अहिले आर्थिक क्रियाकलाप सुस्त भएकोले समस्या आएको बताउनु भयो ।

गभर्नर अधिकारीले अहिले तरलता केही सहज भएपनि जनताले यसको अनुभुति गर्न नपाएको स्वीकार गर्नुभयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले बैंकको ब्याजदर निर्धारणको जिम्मा बजारलाई छाडेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाले आफ्नो तरलताको अवस्थाको आधारमा ब्याजदर निर्धरण गर्ने बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);