सेयर बजारमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सेयर बजारमा हरियाली

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट पहिलो स्थानमा छ । यसको आज ११ करोड ७१ लाखभन्दा बढीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसुचक बढेर हरियाली छाएको छ। आजको सिद्धार्थ इक्युती फण्ड र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);