अर्थमन्त्रालयमा पौडेलको इन्ट्रीसँगै सेयर बजारमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

अर्थमन्त्रालयमा पौडेलको इन्ट्रीसँगै सेयर बजारमा हरियाली

काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९८३.०७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा लक्ष्मी बैंक अगाडी छ । दोस्रोमा नेपाल दूरसंचार कम्पनी र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार रहेका छन् ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज सिद्धार्थ इन्स्योरेन्स र मल्टी पर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

नयाँ सरकार गठबन भएसँगै सेयर बजारमा हरियाली छाएको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँग बजारमा हरियाली आएको भन्दै सेयर लगानीकर्तामा उत्साह देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);