बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छः अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताउनुभएको छ ।

मंगलवार परिसंघले ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गोल्यानले नेपालको कुनैपनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज वहन गर्न नसक्ने भन्दै बैंकको ब्याज एकल अंकमा ल्याउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने विषयमा समर्थन जनाएको बताउनु भयो । उहाँले सिबिफिनले २ अंक ब्याजदर घटाउन सुझाव दिएपनि गभर्नर अधिकारीले १० प्रतिशत ब्याजदर घटाउने पक्षमा रहेको बताउनुभएको जानकारी दिनुभयो ।

अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताउनु भयो । बैंकहरुमा तरलता सहजता आएको बताउनु भयो । उहाँले उहाँले ब्याजदर बढ्दा पनि निक्षेप नबढेकाले ब्याज घटाउन आवश्यक रहेकको बताउनु भयो । उहाँले बैंकको ब्याजदर नेपाली उद्योगी व्यवसायीले वहन र सहन गर्न नसक्ने भन्दै एकल अंकमा आउनुपर्ने बताउनु भयो । उहाँले भारतमा ६.५ प्रतिशत मात्रै निक्षेपको ब्याज भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको बताउनु भयो । उहाँले कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्ने बताउनु भयो । उहाँले बैंकको ब्याज घटाउँदा अहिलेको अवस्थामा एक महिनामा नै लागू गर्नुपर्ने बताउनु भयो ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का वरिष्ठ उपाध्यक्ष भोजबहादुर साहले बढी ब्याज खान पल्किएका सरकारी संस्थाका कारण ब्याजदर बढेको बताउनु भयो । उहाँले सरकारी निकायले ब्याज खाएर मात्रै बस्न नहुने भएपनि उनीहरुले ब्याज खान खोज्दा सबै क्षेत्र प्रभावित भएको बताउनु भयो । उहाँले ब्याजदर २ प्रतिशत घटाएर ९.९ मा ल्याउन सरकारलाई आग्रह गरेको जानकारी दिनुभयो ।
उहाँले निक्षेप र कर्जाको ब्याजदर बैंकले स्वतन्त्र रुपमा निर्धारण गर्न नपाएको बताउनु भयो । उहाँले कर्जा लिनेले समयमा ब्याज नतिर्दा खराब कर्जा बढेको र त्यसले गर्दा नै बैंकको नाफा नकारात्मक बन्ने स्थिति आएको बताउनु भयो । उहाँले आन्दोलन गरेर ब्याज तिर्नु पर्दैन भनेर नसोच्न सबैलाई आग्रह गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);