बैंकको ब्याज महंगिएपछि पोखराका व्यवसायी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

बैंकको ब्याज महंगिएपछि पोखराका व्यवसायी मर्कामा

पोखरा। बैंक तथा वित्तीय संस्थाले चर्को ब्याजदर तोकेको भन्दै पोखराका पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । व्यवसाय नै धान्न नसक्ने अवस्था आएको भन्दै उनीहरुले व्याजदर १ अंकमा झार्न आग्रह गरे । होटल संघ, पोखरा पर्यटन परिषद्, ओटेफ लगायतका संघ संस्थाले विज्ञप्ती नै निकालेर बैंकको ब्याजदर घटाइदिन आग्रह गरेका हुन् । पोखरा उद्योग वाणिज्य संघले पनि ब्याजदर नघटाए व्यवसाय विस्थापित हुने चेतावनी दिएको छ । परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भूकम्प र कोरानाको मारले थलिएको पर्यटन व्यवसाय लयमा फर्किन अझै लामो समय लाग्ने भएकोले व्याजदर बढाएर पीडा नदिन आग्रह गरेका छन् । ‘हामी उठ्न सकेकै छैनौं । कमाएपछि तिरिहाल्छौं । राज्यलाई कर तिरिरहेका छौं,’ उनले भने, ‘यस्तो समयमा ब्याजदर बढाउने हो भने अधिकांश व्यवसायी सटर बन्द गरेर हिड्नुपर्छ।’

व्यवसायलाई पलायन हुनबाट जोगाउन सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने पोखरा उद्योग वाणिज्य संघको माग छ। व्यवसायीलाई सहुलियत रूपमा ऋण प्रवाह गर्ने नीति ल्याउन संघका अध्यक्ष पवनकुमार प्रजापतिले आग्रह गरे ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

८ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

८ घन्टा अघि

Duel Bet: The Casino Showdown

८ घन्टा अघि