बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको छ ।

बिहीवार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताउनुभएको हो । उहाँले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताउनु भयो ।

अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताउनु भयो । उहाँले आर्थिक ऐन नबन्दा र नीतिगत सुधार नहुँदा उधारो कारोवारले थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण बढ्दै गएको बताउनु भयो । उहाँले बजारमा तरलता अभावको कारण उद्योगी व्यवसायीको आर्थिक संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले बैंकहरुले लिने कर्जाको प्रिमियम दरमा समेत व्यवसायीहरु माथि पक्षपात गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले नेपालमा इटालीको आवासीय राजदुतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताउनु भयो । उहाँले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदुतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);