सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच एकीकृत कारोबार शुरु

काठमाडौं, १८ फागुन । सिद्धार्थ र प्रिमियर इन्स्योरेन्सबीच बुधवारबाट एकीकृत कारोबार शुरु भएको छ । बुधवार काठमाडौंमा एक मर्जर कार्यक्रम गर्दै सिद्धार्थ र प्रिमियर दुई इन्स्योरेन्सले एकीकृत कारोबार शुरु गरेको हो ।

एकीकृत कारोबारको शुभारम्भ बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले गर्नुभयो । उहाँले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स बीचको एकीकृतको शुभारम्भ गर्दै बीमा कम्पनीले पुँजी मात्र बृद्धि गर्ने भन्दा पनि राम्रो पोलिसी ल्याएर व्यापार गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय भइरहेको इस्योरेन्सहरुको मर्जर स्वतःस्फुर्त भएको बताउनु भयो । उहाँले कम्पनीहरुले नीति निर्देशनमा बसेर बिजनेस गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले बीमा कम्पनीको लोगो परिवर्तन गरेर, पुँजी बढाएर मात्रै बीमा प्रतिको विश्वास बढ्न नसक्ने बताउनु भयो । उहाँले पूँजी अनुसारको व्यवसाय गरे, बजारमा सकारात्मक इमेज राख्नसके, बीमा दाबी भुक्तानी समयमा दिनसकेमात्रै बीमाप्रतिको विश्वास बढ्ने बताउनु भयो । उहाँले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नगरे ग्राहकले बीमाप्रति नकारात्मक धारणा बनाउने बताउनु भयो । अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौंबाहिर पनि कम्पनीहरुले बीमा गर्नुपर्ने बताउनु भयो । उहाँले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनुपर्ने बताउनु भयो । उहाँले अब क्षेत्र अनुसारको नीति ल्याउन आवश्यक रहेको बताउनु भयो । उहाँले कम्पनीलाई आफै पुँजी बढाउन वा मर्जरका माध्यमबाट पुँजी बढाउनसक्ने दुई विकल्प मध्य मर्जर रोजेको बताउनु भयो ।

त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले दुई इन्स्योरेन्सको अनुभव र क्षमताले नेपालको बीमा क्षेत्रमा अतुलनिय योगदान पु¥याउने विश्वास लिएको बताउनु भयो । उहाँले ग्राहकहरुलाई गुणस्तरिय बीमा सेवा दिने मर्जरको एक मात्रै उद्देश्य रहेको बताउनु भयो । उहाँले मर्जरपछि विगतको भन्दा सवल र सक्षम भएर लाग्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);