घट्यो सिद्धार्थ इन्सुरेन्सको खुद नाफा  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

घट्यो सिद्धार्थ इन्सुरेन्सको खुद नाफा 

काठमाडौं। सिद्धार्थ इन्सुरेन्सको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा सिद्धार्थको खुद नाफा ८.३२% ले घटेर ३२ करोड १० लाख ७१ हजार रुपैयाँमा आएको छ । अघिल्लो वर्षको यसै अवधिमा ३५ करोड १ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा सिद्धार्थको खुद बीमा शुल्क आर्जन १४% ले बढेर १ अर्ब ५ करोड ६२ लाख ३६ हजार रुपैयाँ पुगेको छ । लगानी, कर्जा तथा अन्य आम्दानी ११.५९% ले घटेपछि कम्पनीको खुद नाफा प्रभावित भएको छ । बीमा कोषको आकार १५.९३% ले बढेर १ अर्ब १६ करोड ८३ लाख १६ हजार रुपैयाँ पुगेको छ । जगेडा कोषको आकार भने ९.३७% ले घटेर ३१ करोड २६ लाख १७ हजार रुपैयाँमा सीमित भएको छ।

असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ ११ पैसा छ । हाल यो कम्पनी प्रिमियर इन्सुरेन्ससँग मर्जर प्रक्रियामा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);