मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने उद्योगी/व्यवसायीको प्रतिक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने उद्योगी/व्यवसायीको प्रतिक्रिया

bhawani rana

काठमाडौं, ८ साउन । उद्योगी/व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिलाई थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मौद्रिक नीति सार्वजनिक भएलगत्तै संचारकर्मीमाझ थप अध्ययन गरेर मात्रै प्रतिक्रिया दिने बताउनु भएको हो । उहाँले तरलता व्यवस्थापन, ब्याजदरलगायतका विषयमा मौद्रिक नीति उत्साहजनक रुपमा आएपनि सेवा शुल्कको सम्बन्धमा भने आफूहरुको माग सम्बोधन हुन नसकेको पनि स्पष्ट पार्नु भयो ।

नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले चालू आर्थिक वर्ष भित्र साँढे ८ प्रतिशत आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्ने चुनौति सामना गर्ने गरी सो मौद्रिक नीति आएकाले त्यसमा आलोचना गरिहाल्न नमिल्ने प्रतिक्रिया दिनु भयो । उहाँले सो मौद्रिक नीति प्रभावकारी ढंगले कार्यान्वयन नभए समस्या हुने दावी पनि गर्नु भयो ।

यता, नेपाल बैंकर्स संघले भने नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिएको छ । संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले मौद्रिक नीति अपेक्षा अनुसार नै आएको प्रतिक्रिया दिनु भएको हो ।

उहाँले बैंक मर्जर, तरलताको व्यवस्थापन र व्याजदर सम्बन्धि व्यवस्था आफूहरुले दिएको सुझाव अनुसार नै मौद्रिक नीतिमा समावेश गरिएकाले यसको कार्यान्वयनमा लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । अध्यक्ष ढुंगानाले मौद्रिक नीतिमा व्याजदरमा राखिएको प्रावधानले आर्थिक वृद्धिका लागि ठोस आधार प्रदान गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);