नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्र बैंकलाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघको राष्ट्र बैंकलाई सुझाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पुर्नकर्जालाई निरन्तरता दिन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सोमबार पत्रकारहरुसंग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आफुहरुले राष्ट्रबैंकका गर्भनरलाई भेट गरी मौद्रिक नीतिमा पुर्नकर्जा, पुर्नसंरचना र पुर्नतालिकालाई निरन्तरता दिनका लागि सुझाव दिएको बताएका छन् ।

मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिए व्यवसायिक बैंकमा तरलता कायम हुने उनले बताएका छन्। उद्योग वाणिज्य महासंघले व्याजदर दुई अंकमा नबढाउनका लागि पनि सुझाव दिएको छ । अहिले विषम परिस्थिति भएका कारण व्याजदरलाई एक अंकमै कायम गराउनका लागि आग्रह गरिएको अध्यक्ष गोल्छाले बताए ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला व्यसायीले धानेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले साना तथा मझौला व्यवसायका लागि कर्जा लिनका लागि सहज गराउन पनि माग गरेका छन् । राष्ट्र बैंकले कुल कर्जाको १० प्रतिशत साना तथा मझौला उद्योगी व्यवसायीलाई दिने व्यवस्था मिलाउन पनि उनले सुझाव दिए ।

नेपाल राष्ट्र बैंक समक्ष महासंघले दुई वर्षका लागि कसैलाई पनि कालो सूचीमा नराखिदिनका लागि माग गरेको छ । साथै राष्ट्र बैंकले बनाएको अति प्रभावित क्षेत्रको लिष्टलाई परिमार्जित गरि अन्य पेशा, व्यवसायलाई पनि समेट्नका लागि सुझाव दिएको अध्यक्ष गोल्छाको भनाई थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);