अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि मार्गचित्र तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि मार्गचित्र तयार

काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र सुधार र नीजि क्षेत्रको तर्फबाट मुलुकको समृद्धिमा योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०” को मार्गचित्र तयार पारिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकको समृद्धिमा अहिले भन्दा अझै बढी, व्यवस्थित र प्रभावकारी योगदान दिनका लागि “राष्ट्रिय आर्थिक रुपान्तरण २०३०”ले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

मुलुकको अर्थतन्त्रमा करिब ७० प्रतिशत योगदान दिइरहेको निजी क्षेत्र सम्मानित हँुदै गएमा मात्र सम्मुन्नति पनि संगसंगै आउने भएकाले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु आवश्यक रहेको बताए ।

अध्यक्ष गोल्छाले भिजन पेपर इमान्दारीपुर्वक कार्यान्वयन हुँदा आगामी दशकमा एक सय ५० अर्ब डलर भन्दा बढी लगानी हुने विश्वास व्यक्त गरे । उनले बजेटको आकार बढाएर मात्रै विकास संम्भव नभएको भन्दै अनुत्पादक क्षेत्रको खर्चमा बजेट कम गर्न सुझाव दिए ।

उनले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा परोको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । कार्यक्रममा हरेक प्रदेशबाट क, ख र ग वर्गका उद्योग वाणिज्य संघहरुलाई सम्मान तथा कदर पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);