सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित : रक्षामन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित : रक्षामन्त्री

र्इश्वर पोख्रेल

काठमाडौं, २५ फागुन । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताएका छन् । एमाले महासचिव समेत रहेका मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन, नेपाल (प्याब्सन) को १२ औं राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धि र विकासमा लाग्न सबैलाई आह्वान गरे ।

रक्षामन्त्री पोखरेलले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अव मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न पनि आग्रह गरे । उनले मुलुक निर्माणका लागि नीति, योजना, कार्यक्रम र आचरण सबै हिसावले लाग्नुपर्ने आवश्यक्ता रहेको बताए ।

रक्षा मन्त्री पोखरेलले राजनीतिक संक्रमणकाल सकिएकाले अव सबैले मुलुकको आर्थिक विकासलाई मूल एजेन्डा बनाएर अघि बढनुको विकल्प नरहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);