कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले गति लिन्छ : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले गति लिन्छ : उपप्रधानमन्त्री

ishor pokharel

काठमाडौं, ३ फागुन । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले संघीयता अनुकूलको कानुन र संरचना निर्माणमा केन्द्रित हुनु परेकाले सरकारको कामले गति लिन नसकेको स्पष्ट पारेका छन् । उपप्रधानमन्त्री पोखरेलले संवैधानिक व्यवस्था अनुसार कानुन र संरचना तयार हुनेवित्तिकै सरकारको कामले तीव्रता पाउने बताए । शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘वृहत कर्णाली प्रर्दशनी’को उद्घाटन गर्दै उनले विनाभेदभाव कर्णाली प्रदेशको विकासमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

त्यस अवसरमा उपप्रधानमन्त्री पोखरेलले विकास, निर्माणको काममा प्रतिस्पर्धा गरेर अघि बढ्न पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे । उनले कर्णाली प्रदेशलाई ‘सुन सिरानी हालेर नुनको खोजी गरिरहेको’ प्रदेशको रुपमा चित्रण गर्दै अव त्यहाँको विकासमा सबै राजनीतिक दलहरुले प्रतिस्पर्धा गरेर अघि बढनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

३ दिनसम्म चल्ने प्रर्दशनीमा कर्णाली अंचलका बहुमूल्य जडिबुटीहरु, मार्सी धानको चामल, लोक्ताको कपडा, स्याउ, सिमीलगायतका बस्तुहरु राखिएका छन् । कर्णाली अंचलको महत्व काठमाडौंमार्फत् देशभर बुझाउने उद्देश्यले आयोजना गरिएको सो प्रर्दशनीमा मुलुकको समृद्धिमा कर्णाली प्रदेशले दिन सक्ने योगदान समेटिएको पुस्तकहरु पनि राखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);