ओली सरकारले एक वर्षमा उल्लेखनिय काम गर्न सकेन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

ओली सरकारले एक वर्षमा उल्लेखनिय काम गर्न सकेन : भट्टराई

dr baburam bhattrai

पोखरा, ३ फागुन । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक वर्षको अवधीमा उल्लेखनीय केही काम गर्न नसकेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत भएका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले दुई तिहाईको ओली सरकारले एक वर्षमा गर्नु पर्ने जति काम गर्न नसकेको बताए । पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै डा.भटृराईले जनताको आँखाबाट हेर्दा ओली सरकारको एक वर्ष सामान्य रहेको बताए ।

सरकार सुरुदेखि नै जनपक्षीय काममा चुकेको भन्दै डा.भट्टराईले ओली सरकारले नयाँ कार्यक्रम र योजना ल्याउन नसकेको बताए ।

नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले सरकारको सुशासनको मुद्दा कम्जोर देखिएको, आर्थिक विकासका सुचाकाङ्क नकारात्मक रहेको तथा सरकारको कार्यशैली सन्तोषजन नरहेको पनि बताएका छन् ।

नेता भट्टराईले गरिबी र बेरोजगारीको दुस्चक्रबाट माथि उठ्न नेपालको २ अंकको आर्थिक बृद्धिदर २ दशकसम्म चाहिने भए पनि सरकार त्यसतर्फ जान नसकेको बताए । एक वर्षमा सरकारले उल्लेखनीय केही काम गर्न नसकेको भन्दै उनले सरकारप्रति जनता असन्तुष्ट रहेको बताए ।

असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने नारा सहित नयाँ शक्ति नेपालले थालेको मध्ये पहाडी लोकमार्ग वरपर देशव्यापी यात्राको क्रममा भट्टराई पोखरा आएका हुन् । उनले मध्ये पहाडी लोकमार्गका निर्माण उत्साहजनक रुपमा हुन नसकेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);