राजीनामा दिएका आयुक्त पाठकलाई कारबाही गर्न योगेश भट्टराईको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राजीनामा दिएका आयुक्त पाठकलाई कारबाही गर्न योगेश भट्टराईको माग

Yogesh-Bhattarai

काठमाडौं, ३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेश भट्टराईले राजीनामा दिएका आयुक्त राजनारायण पाठकको भ्रष्टाचारसम्बन्धि विषयमा तत्काल छानवीन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

सांसद भट्टराईले भ्रष्टाचारसम्बन्धि विवादमा मुछिएका पाठकले आफ्नो पदबाट राजीनामा दिएपनि पूर्व आयुक्तको हैसियतमा उनीमाथि छानवीन गरी कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरे ।

भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजबाट ७८ लाख घुस खाएको भिडियो सार्वजनिक भएपछि पाठकले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट राजीनामा दिएका छन् । पाठकको सो राजीनामा दिने निर्णय उपयुक्त भएको र उनीमाथि अव छानवीन गरी कार्वाही गर्ने दायित्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै रहेको सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले सो कलेजबारे छानवीन गर्दा भ्रष्टाचारको विवादमा तानिएकाहरु सबैलाई कार्वाही गर्न पनि सम्बन्धित निकायको गम्भिर ध्यानाकर्षण गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);