सरकारले मुलुकमा अर्बौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न सकेन : भट्टराई | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सरकारले मुलुकमा अर्बौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न सकेन : भट्टराई

Baburam-bhattrai-1

काठमाडौं, २२ पुस । नयाँ शक्ति पार्टी, नेपालले सरकारले मुलुकमा अर्बौंको भ्रष्टाचार हुँदा पनि नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ ।

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् प्रतिनिधिसभाका सांसद डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेजस्तो मुलुकमा सुशासन कायम हुन नसकेको बताए ।

आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ बोल्दै उनले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अरबौं अरब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण भएको टिप्पणी गर्दै त्यसबारे आफ्नो पार्टीले संघीय संसदमा गम्भिर ढंगले कुरा उठाउने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले मुलुकमा शान्ति सुरक्षा कायम गर्न पनि नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);