कांग्रेससँगै भोट माग्न हिँडेका डा. भट्राइले बारपाकवासीलाई दिए यस्तो आश्वासन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौँ, १७ कार्तिक । नयाँ शक्ति पार्टीका संयोजक तथा गोरखा–२ प्रतिनिधि सभाका उम्मेदवार डा बाबुराम भट्टराईले देशमा विकास र समृद्धि ल्याउन मंसिर १० गतेको निर्वाचन नयाँ शक्ति र नेपाली कांग्रेस बीचको गठबन्धनले जित्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको सहयोगमा गोरखा–२ का उम्मेदवार भएका डा. भट्टराईले बिहीबार गोरखाको बारपाक पुगेर चुनावी घरदैलो र चुनावी सभाका क्रममा अर्थमन्त्री, प्रधानमन्त्री हुँदा आफूले विकास तथा निर्माणको जग राखेको भन्दै सो पूरा गर्न आफ्नो जित आवश्यक रहेको बताए।

उनले भने, ‘मेरो उम्मेदवारी कसैको विरुद्ध होइन । शान्ति, संविधान कार्यान्वयन र स्थिरताका लागि हो ।’ आफूले शहीदको सपनालाई घात गरेको प्रतिस्पर्धीले आरोप लगाउने गरेको भन्दै भट्टराईले शहीदका सपना राजतन्त्र अन्त्य गर्दै देशलाई विकास र समृद्धितर्फ लैजाने थियो भन्दै विकास र समृद्धिको नेतृत्व नयाँ शक्तिले गर्दै आएको दाबी गरे

आफूलाई गोरखा–२ मा उम्मेदवार हुन निषेध गरिएको भन्दै भट्टराईले नेता नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै भने, ‘उहाँ माओवादी होइन। उहाँ किन माओवादी हुन रहर गरिरहनुभएको छ मैले कुरो बुझेको छैन ।’ शान्ति प्रक्रिया आफ्नो पहलमा भएको भट्टराईको भनाइ थियो।

यस्तै, भट्टराईले बारपाकीलगायत भूकम्पपीडितलाई निजी आवास निर्माण गर्न कम्तीमा रु. पाँच लाखका दरले अनुदान दिनुपर्ने बताए। आफ्नो पालामा बारपाक सडक निर्माण शुरु भएको बताउँदै उनले एक वर्षभित्रमा सडक कालोपत्र गरिने बारपाकीलाई आश्वासन दिएका छन्।

चुनावी सभालाई गोरखा–२ प्रदेशसभा (ख) का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले आफूलाई जिताएर विकासको ढोका खोल्न बारपाकवासीलाई आग्रह गरे । यस्तै, उम्मेदवारहरु भट्टराई र दवाडीले बारपाकीका घरघर पुगेर चुनावी घरदैलो र भोट मागेका छन् । चुनावी घरदैलो र सभामा नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);