कांग्रेसले २९ जिल्लामा उम्मेदवार टुङ्ग्यायो, नुवाकोट, गोरखा र रसुवामा विवाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

काठमाडौँ, ४ कार्तिक । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामध्ये २९ वटा जिल्लामा उम्मेदवारको टुङ्गो लगाएको छ। अब ३ वटा जिल्लामा मात्र उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको कांग्रेस संसदीय समितिका सदस्य बालकृष्ण खाँडले बताएका छन्।

नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै नेता खाँडले गोरखा, नुवाकोट र रसुवा जिल्लाको उम्मेदवार चयन गर्न कठीन भइरहेको बताए। गोरखा जिल्लामा डा. बाबुराम भट्टराईले चुनाव लड्छु भनेकाले क्षेत्र नम्बर २ मा भट्टराईलाई छोड्ने कुरा भइरहेको छ। ‘गोरखा र रसुवाको विषयमा नयाँ शक्ति पार्टीसँग तालमेल गरेर अन्तिम टुङ्गो आज लाग्छ।’ खाँडले भने।

वाम गठबन्धनमा गएका भट्टराईलाई प्रचण्ड र ओलीले सम्मान गर्न नसकेकाले कांग्रेसले जे जस्तो भएपनि वौद्धिक नेता तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्राईलाई आफूहरुले सम्मान दिएको खाँडको दाबी छ। गोरखा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठ, नुवाकोटबाट रामशरण महत र अर्जुननरसिंह केसीलाई उम्मेदवार बनाउने टुङ्गो लागिसकेको खुलासा गरेका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);