बाम गठबन्धनले नपत्याएका बाबुराम कांग्रेस र नयाँ शक्तिको साझा उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, ४ कार्तिक । चुनावी भागबण्डामा कुरा नमिलेपछि वाम गठबन्धनबाट बाहिरिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन्।

वाम गठबन्धनमा गएको एक हप्तामै कुरा नमिलेपछि कांग्रेसको शरणमा पुगेका भट्टराईले तिब्र रस्साकस्सी पछि आफुले चाहेको क्षेत्र गोरखा २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। कांग्रेसको शुक्रबार साँझ बसेको बैठकले भट्टराईलाई क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहयोग गर्ने निर्णय गरेको स्रोतले बताएको छ।

भट्टराईले अब बाम गठबन्धनका नारायणकाजी श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यसअघि वामगठबन्धनमा श्रेष्ठले पनि क्षेत्र नम्बर २ कुनै पनि हालतमा नछोड्ने अडान लिएपछि भट्टाई आफ्नो साख जोगाउन बाम गठबन्धन नै त्यागेर कांग्रेसतिर आएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);