बाम गठबन्धनमा चित्रबहादुरको राष्ट्रिय जनमोर्चा पनि मिसियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाडौँ, ५ कार्तिक । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को बाम गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि थपिएको छ। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्यूठान र बाग्लुङका केही क्षेत्रमा जनमोर्चालाई ठूला बाम दलले सघाउने भएपछि तीन दलबीच सहमति भएको हो।

सहमतिअनुसार प्यूठानको प्रतिनिधि सभातर्फ जनमोर्चा र प्रदेशका एक/एक क्षेत्रमा एमाले र माओवादी केन्द्रका उम्मेदवार हुनेछन्। यस्तै वाग्लुङका प्रतिनिधि सभा १ र २ मा क्रमशः एमाले र माओवादी केन्द्र तथा सो जिल्लाका चार प्रदेश क्षेत्रमध्ये एमाले र माओवादी केन्द्रलाई एक/एक र बाँकी दुई स्थान मोर्चालाई दिइनेछ।

सहमतिसँगै देशैभर तालमेलको सन्देश प्रवाह गर्न र एकले अर्कोलाई सघाउने तीन दलबीच सहमति भएका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले संयुक्तरुपमा विज्ञप्तिमा प्रकाशन गर्दै जनाएका छन्।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);