प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै तितरबितर दलहरु नयाँ मोर्चा कस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै तितरबितर दलहरु नयाँ मोर्चा कस्दै

काठमाडौं, २४ पौष । प्रतिनिधि सभा र प्रदेश सभामा गठबन्धन गरेका दलहरु प्रचण्ड प्रधानमन्त्री बनेलगत्तै तितरबितर जस्तै भए । कतिपय दलहरुले अनौपचारिक गठबन्धन गरेर एक्लै चुनाव लडेका थिए । तर, चुनावपछि विकसित नयाँ घटनाक्रमले उनीहरुलाई फरक मोर्चामा पुर्याइसकेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धन गरेर चुनावमा गएका थिए । तर, गठबन्धन टुटिसकेको छ ।

नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी फरक तरिकाले चुनावमा गएपनि अहिले एक ठाउँमा उभिएका छन् । यी दुई दलबीच मोर्चाबन्दी गर्ने सहमति बनेको छ । सरकारलाई समर्थन गरेका दुवै दलले आफ्नो शक्ति बढाउन रणनीतिक रुपमा मोर्चाबन्दी कसेका हुन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनिसकेको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि मिसिएको छ । नेकपा एस पर्ख र हेरको नीतिमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आफ्नै अडान छ ।

प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्दा नै दलहरुको गठबन्धन बदलिएको थियो । अहिले विश्वासको मत लिने दिन नजिकिदै गर्दा फरक दलहरु मोर्चाबन्दी कस्दै र आफूलाई बलियो बनाउँदै बढ्न खोजेको देखिन्छ ।

नेकपा एस र जसपाबीच मोर्चाबन्दीको प्रयास भइरहेको छ । समाजवादी केन्द्र निर्माणमा एकथरी नेताहरु सक्रिय छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);