बिन्दु अधिकारी \ माउण्टेन टेलिभिजन एचडी।
काठमाडौँ, पौष २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको आठ सदस्यीय मन्त्रीमण्डल बारे आमनागरिक बेखबरझैँ देखिन्छन् । तीन उपप्रधानमन्त्री सहितको मन्त्रीमण्डलमा केही मन्त्रीहरुको अझै मन्त्रालय टुङगीएको छैन् । वर्षौँदेखिका समस्या ज्यूँ का त्यूँ रहँदा सरकारमा आएका केही नयाँ अनुहारले चमत्कार देखाउलान भन्नेमा आम नागरिक भने शंका गर्दछन् ।




