काठमाडाैं, १० वैशाख । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्पपछिको पुनर्निर्माणको अनुदान सहायता एकमुष्ट रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
संयोजक भट्टराईले किस्ताबन्दीमा अनुदान सहायता उपलब्ध गराएर सरकारले जनतालाई सास्ती दिईरहेको आरोप लगाए । उनले स्थानीय तहको सरकार बनिसकेकाले सोही निकायमार्फत् पुनर्निर्माणको अनुदान सहायता सरकारले जनतालाई उपलब्ध गराउनुपर्ने धारणा राखे ।
सोमबार काठमाडौंमा भूकम्पको गतिविधिलाई समेटेर तयार पारिएको ‘कम्पन’ नामक पुस्तक विमोचन गर्दै उनले पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
संयोजक भट्टराईले भूकम्पपछि सरकारले तत्कालीन राहत र उद्दारको कामलाई प्रभावकारी बनाएपनि पुनर्निर्माणको काममा भने उचित व्यवस्था गर्न नसकेको आरोप लगाए ।




