'मुलुक समृद्ध हुन नसके वाम सरकारलाई ५ वर्षपछि जनताले साथ दिँदैनन्' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

‘मुलुक समृद्ध हुन नसके वाम सरकारलाई ५ वर्षपछि जनताले साथ दिँदैनन्’

काठमाडौं, १० वैशाख । सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।

उपाध्यक्ष गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न नसके ५ वर्षपछि बाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए । उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्ने अवसर वर्तमान सरकारलाई रहेको बताए ।

सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको आकर्षणको केन्द्र विन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।

उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः काँग्रेसले शासन सूरु गर्ने चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);