सरकारले गर्व गर्न लायक काम गरिरहेको प्रचण्डको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारले गर्व गर्न लायक काम गरिरहेको प्रचण्डको दाबी

prachanda dahal

काठमाडौं, २६ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको बताएका छन् । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाउ गरेका छन् ।

शुक्रबार दसैं, तिहार लगायतका चाडपर्वको अवसर पारेर ललितपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सरकारले चीनसँग ऐतिहासिक पारबहन सम्बन्धि सहमति गरेको, भारत र चीन दुवै मुलुकबाट रेल ल्याउने तयारी गरेको, डुबान समस्या समाधानका लागि आवश्यक कदम चालेको लगायतका काम गरेको उल्लेख गर्दैै त्यसले मुलुकको आर्थिक विकासलाई नयाँ युगमा प्रवेश गराउने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले सरकारलाई असफल बनाउन र दुई पार्टी बीचको एकतालाई तोड्न देशीविदेशी प्रतिक्रियावादीहरुले कसरत गरिरहेको आरोप लगाए । बलियो सरकारको राम्रो कामलाई प्रचार गर्न नदिएर प्रतिक्रियावादीहरुले सरकारलाई असफल बनाउन कोसिस गरिरहेको अध्यक्ष दाहालको बुझाई छ । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने अवसरलाई आफूहरुले सदुपयोग गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);