सरकारकाबारे अध्यक्ष दाहालका फरक फरक टिप्पणी, कार्यकर्ता नै भ्रममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सरकारकाबारे अध्यक्ष दाहालका फरक फरक टिप्पणी, कार्यकर्ता नै भ्रममा

prachanda dahal

काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक हप्तामा सरकारका विषयमा फरक–फरक टिप्पणी गरेका छन् । गत २० गते प्युठान काठमाडौं सम्पर्कमञ्चले गरेको कार्यक्रममा सरकारले गति लिननसकेको बताएका अध्यक्ष दाहालले एकहप्ता नबित्दै सरकारले गर्व गर्न लायक काम गरेको बताएका छन् । सधै माहोल हेरे अभिव्यक्ति दिने दाहालको भनाईले कुन चै कुरा सत्य हो भन्ने भ्रम सृजना गरेको छ ।

यही असोज २० गते सरकारले गति लिन नसकेको भन्दै गेयर बदल्ने बताएका पुष्पकमल दाहालले शुक्रबार ललितपुरमा सरकारले गर्व गर्न लायक उत्कृष्ट काम गरिरहेको दावी गरेका छन् । दाहालको एकहप्ताभित्रै दिएका फरक–फरक अभिव्यक्तिले सरकार खासमा उत्कृष्ट काम गर्दैछ वा गतिहिन भएको छ भनेर नागरिकमा मात्र हैन नेकपाकै कार्यकर्तामा समेत भ्रम पैदा गरिदिएको छ ।

नेकपाका अधिकांश नेताहरुले सरकारको काम कारवाही ठिकसँग अघि नबढेको भनेर टिप्पणी गरिरहेका वेला दाहालले गत २० गते सरकारले गति लिन नसकेको भन्दै सरकारको गेयर बलल्ने समय आएको बताएका थिए । त्यसवेला कुटनीतिक शैलीमा सरकारको कामकारवाही ठिक नभएको भन्दै अन्य नेतासँग सहि थपेका थिए ।

दाहालले यस्तो अभिव्यक्ति दिनु अघि नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर संसदमै टिप्पणी गरेका थिए । नागरिकस्तरबाट सरकारको काम कारवाही नागरिकका समस्या समाधान गर्ने भन्दा अपराधि संरक्षमा केन्द्रीत भएको भन्दै चर्को अलोचना भएका बेला नेपालले यस्तो अभिव्यक्ति दिएका थिए ।

ठिक त्यही समयमा नेकपाकै अर्का वरिष्ठ नेता झलनाथ खनालले सरकारको काम गराईले उसको अवश्यकता नैं महसुस हुन छोडेको बताएका थिए । वरिष्ठ नेता खनालले त पाँच वर्षको म्याण्डेट वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएर नेकपालाई प्राप्त भएको भन्दै कुनैपनि बेला सरकार परिवर्तन हुनसक्ने बताएका थिए ।

त्यसबेला सरकारले गति लिन नसकेको भनेर नेताहरुसँग बोली मिलाएका दाहालले अहिले पासा फेरेका छन् र सरकारले गर्व गर्न लायक उत्कृष्ट काम गरिरहेको दावी गरेका छन् ।

सधै अभिव्यक्तिकै कारण विवादमा आउने पुष्पकमल दाहाल पार्टी एकता एता कममात्र अभिव्यक्ति दिदै आएका थिए । तर, अहिलेपनि उनका अभिव्यक्ति विवादमुक्त भने हुनसकेका छैनन। कहिले बलात्कार बढ्नु र त्यसको नियन्त्रण नहुनुलाई सरकार असफल पार्ने षडयन्त्र भन्ने त कहिले सरकारकै आलोचना गर्ने देखि कहिले त्यही आफ्नो भनाईको खण्डनले उनको व्यक्तित्व पुरावृत भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);