वामदेवलाई सांसद बनाउने विषय पार्टी भित्र प्रवेश नै भएको छैन : मन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वामदेवलाई सांसद बनाउने विषय पार्टी भित्र प्रवेश नै भएको छैन : मन्त्री पोखरेल

ishor pokheral

काठमाडौं, २७ असोज । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउने विषय पार्टी भित्र औपचारिक रुपमा प्रवेश नै नभएको बताएका छन् ।

शनिवार राजधानिमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र नेता गौतमलाई उठाउने भन्ने विषय पार्टी भित्र छलफल नै नभएकाले त्यसमा टिप्पणी गरिरहन आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले नेता गौतमलाई सांसद बनाउने विषय मुलुकमा अस्थिरता पैदा गर्ने गरी षडयन्त्रमूलक ढंगले आएकाले आफूले त्यस्ता गतिविधिको आलोचना गर्नु परेको बताए । उनले मुलुकलाई स्वभाविक ढंगले अघि बढाउन बाधक हुने गरी आउने कुनै पनि गतिविधिविरुद्ध एक्लै भएपनि आफू उभिने बताए ।

उपप्रधानमन्त्री पोखरेलले सरकारले कामै गरेन भन्ने खालको टिप्पणी न्यायोचित नभएको दावी गरे । उनले सरकारका काममा केही कमी कमजोरी भने रहेको उल्लेख गर्दै त्यसलाई सच्याउँदै अघि बढने दृढता व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);