प्रचण्डले भने - वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डले भने – वामदेवलाई उम्मेदवार बनाउने निर्णय भएको छैन

prachanda

काठमाडौं, २५ असोज । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा नेता वामदेव गौतमलाई उम्मेदवार बनाउने निर्णय नभएको बताएका छन् ।

उनले नेता गौतमलाई उपनिर्वाचनमार्फत संसद्मा ल्याउने सन्दर्भमा काठमाडौं निर्वाचन क्षेत्र नं। ७ का सांसद रामवीर मानन्धर ले राजीनामा दिने चर्चाबारे पार्टीमा कुनै निर्णय नभएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले सिट गुमाउने गरी निर्वाचनमा नजाने बताउँदै उनले जित्ने गरी मात्र उम्मेदवार बनाउने बताए । बर्तमान सरकार ५ बर्षसम्म चल्न कुनै व्यवधान नरहेको बताउँदै उनले विकास, सुशासन र स्थिरताका लागि अझ प्रभावकारी रुपमा काम गर्न सकिने विश्वास व्यक्त गरे ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);