ढुक्क हुनुस् सिट गुम्ने गरी काठमाडौं-७ मा उपनिर्वाचन हुँदैन : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ढुक्क हुनुस् सिट गुम्ने गरी काठमाडौं-७ मा उपनिर्वाचन हुँदैन : प्रचण्ड

prachanda-1

काठमाडौं, २४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं क्षेत्र नम्बर ७ मा उपनिर्वाचन हुने विषयमा पार्टीमा निर्णय हुन बाँकी रहेको स्पष्ट पारेका छन् ।

सांसद रामवीर मानन्धरले राजीनामा दिएर नेता वामदेव गौतमलाई चुनावमा लडाउने चर्चा भईरहेका बेला अध्यक्ष दाहालले सो सम्बन्धमा पार्टी भित्र निर्णय भईनसकेको बताएका हुन् । अध्यक्ष दाहालले काठमाडौं क्षेत्र नम्बर ७ मा पार्टीको सिट गुम्ने गरी उपनिर्वाचन नहुने भन्दै पार्टीका नेता, कार्यकर्तालाई ढुक्क हुन पनि आग्रह गरे ।

बुधबार दसैंको अवसर पारेर काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्षसम्म शासन गर्न कुनै व्यवधान नरहेको पनि स्पष्ट पारे ।

उनले पार्टी र सरकारको कामलाई समिक्षा गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । अध्यक्ष दाहालले मुलुकमा लगानीको वातावरण बनाउन आवश्यक ऐन, कानुन, नीति बनाउन पनि सरकारलाई आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);