सांसद पदभन्दा मलाई एमाले प्यारो छ : दिनेश पन्थी | ईमाउण्टेन समाचार

Our Network

चैत १ २०८०, बिहीबार

सांसद पदभन्दा मलाई एमाले प्यारो छ : दिनेश पन्थी

काठमाडौं, २३ चैत। ‘पदका लागि पाखण्डी र उल्लुहरुको पार्टीमा बस्नुभन्दा पद छाडिदिन्छु’– लुम्बिनी प्रदेशका सांसद दिनेश पन्थीको भनाई हो यो । माओवादी केन्द्रका सांसद दिनेशले पार्टी त्यागेर नेकपा एमालेमा प्रवेश गरे ।

उनीसँगै लुम्बिनी प्रदेश सांसद दधिराम न्यौपाने पनि एमाले प्रवेश गरे । त्यसपछि माओवादी केन्द्रले प्रदेश सभाका सभामुखलाई पत्र दियो । पत्रमा दिनेश र दधिरामलाई सांसद पदबाट हटाउन लेखिएको छ ।

पुष्पकमल दाहालको पार्टीले सांसद पदबाट हटाउन पत्र लेखेपछि सांसद दिनेश पन्थीले भने ‘पार्टी भनेर बसियो, नेता भनेर सधैं सम्मान गरियो, श्रद्धा पनि गरियो । तर, उल्लु–उल्लु कुरा गरे पछि त्यस्तो पार्टीमा बस्नुको के अर्थ भयो र ?’ सांसद पन्थीले विगतमा माओवादीमा लाग्नु आफ्नो भ्रम रहेको र अब आफू भ्रममुक्त बनेको समेत बताए । माओवादी छोड्दा सांसद पद जान्छ भन्ने थाहा हुँदाहुँदै पार्टी त्यागेको उनको भनाई छ ।

‘सांसद पदभन्दा मलाई एमाले प्यारो छ’–उनले भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सांसदद्वय दिनेश र दधिरामलाई सांसद पदबाट हटाउन आज पत्र लेखेका हुन्। सांसद् पदबाट हटाउने पत्र पठाएपछि दिनेश र दधिराम माओवादीमै फर्कने अध्यक्ष दाहालको अपेक्षा थियो ।

त्यस विपरीत उनीहरुले सांसद पद माया मार्ने घोषणा गरे । पार्टी त्यागेका दुवै सांसदलाई यसअघि माओवादीले स्पष्टिकरण सोधेको थियो । चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुलाई पदबाट हटाउन प्रदेश सरकारलाई पत्र लेखिएको हो । दिनेशले भने–‘सही विचार, नीति र नेतृत्व छान्नु भनेको जनताको बीचमा रहनु हो ।

जनताको बीचमा बसियो भने यस्ता पद जति पनि पाइन्छ । मुख्य कुरा जनता हुन् । मैले जनताको भावना अनुसार निर्णय लिएको छु ।’ ‘ठिक ठाउँमा उभियो भने पार्टीले स्वत जिम्मेवारी दिन्छ’– दिनेशले भने ।

आज बस्ने प्रदेश सभा बैठकमा समामुखले उनीहरुमाथि कारबाहीको पत्र पढेर सुनाउने भएको छ । समामुखले उनीहरुलाई कारबाहीको पत्र पढेर सुनाए लगत्तै दुबैको सांसद पद गुम्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);