जनताको माग अनुसार नै एमाले भए : टंक आङ्बुहाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

जनताको माग अनुसार नै एमाले भए : टंक आङ्बुहाङ

काठमाडौं, २३ चैत। प्रदेश नं.१ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले जनताको माग अनुसार नै एमालेमा गएको बताएका छन् ।

माओवादी केन्द्र त्यागेर एमालेमा गई मन्त्री बनेका आङ्बुहाङले नेकपा खारेज भएपछि जनताले माओवादीलाई भन्दा एमालेलाई बढी माया गरेको हुँदा एमालेमा प्रवेश गरेको बताएका हुन् ।

आङ्बुहाङलाई सांसद पदबाट हटाउन माओवादीले संसद सचिवालयमा पत्र पठाएको छ ।

‘चुनावबाट निर्वाचित हुँदा माओवादी भन्दा एमालेको जनमतका कारण म निर्वाचित भएको हुँ । सांसद् पदबाट हटाउनु भनेको एउटा कानुनी प्रक्रिया हो । म हट्छु भन्ने थाहा भएर नै एमाले प्रवेश गरेको हुँ ।’ – मन्त्री आङ्बुहाङले भने ।

माओवादीले गर्नुपर्ने काम गरिसकेको र अबको माओवादीको यात्रा गन्तव्यहीन रहेकोले पार्टीमा बसिरहनुको अर्थ नभएको उनले पारे ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);