मन्त्री बनेका आङ्बुहाङको सांसद पद रिक्त गर्न माओवादीको पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मन्त्री बनेका आङ्बुहाङको सांसद पद रिक्त गर्न माओवादीको पत्र

काठमाडौं, २३ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङको सांसद पद रिक्त हुने भएको छ । आज नेकपा माओवादी केन्द्रले प्रदेशसभा सचिवालयमा मन्त्री आङ्बुहाङको पद रिक्त गर्न पत्राचार गरिसकेको छ ।

आङ्बुहाङले दल त्याग गरेको सूचना प्रदेशसभा सचिवालयमा साढे १० बजे पेश गरिएको संसदीय दलका नेता इन्द्र आङबोले जानकारी दिए । आङ्बुहाङलाई माओवादी केन्द्रले सोधेको स्पष्टिकरणको जवाफ नदिएकाले प्रदेशसभा सदस्य नरहेको जानकारी सचिवालयलाई गराइएको आङबोले बताए ।

माओवादी केन्द्रबाट निर्वाचित ताप्लेजुङका प्रदेशसभा सदस्य आङ्बुहाङ एमाले प्रवेश गरेर एमालेको केन्द्रीय सदस्य बनिसकेका छन् । साबिक नेकपा विभाजनकै बेला उनले पार्टी अध्यक्ष पुष्पकमल दाहालको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका थिए ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार सांसदले अर्को दल प्रवेश गरेमा पद रिक्त हुने व्यवस्था छ । आङ्बुहाङको पद रिक्त भएमा निर्वाचन आयोगले कारबाहीमा परेका सांसदको स्थानमा छ महिनाभित्र निर्वाचन गराउनुपर्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);