प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः धोका खाएकाहरु एक भए तपाईको हालत के होला ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रचण्डलाई विश्वप्रकाशको प्रश्नः धोका खाएकाहरु एक भए तपाईको हालत के होला ?

काठमाडौं,३० फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस र एमाले मिले के हालत होला ? भनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न गर्नुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको विश्वासको मतको विपक्षमा बोल्दै महामन्त्री शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले र काँग्रेसलाई पालैपालो धोका दिएकाले उनीहरु मिलेर अघि बढे भने प्रधानमन्त्री दाहालको अवस्था के हुन्छ भन्ने कुरा सबैले बुझेको विषय भएको समेत बताउनु भयो ।

उहाँले एमाले अध्यक्ष केपी ओली र पार्टी सभापति शेरबहादुर देउवाबीचको सहयात्रा शुरु हुनसक्ने सम्भावना औंल्याउँदै त्यसको हेक्का राख्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराउनु भयो । महामन्त्री शर्माले प्रधानमन्त्रीबाट धोका पाएकाहरुबीच एक होऔं भन्ने नारा लाग्न सक्ने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोर एमाले विपक्षमा रह्यो । अहिले काँग्रेस विपक्षमा रहेको । पक्षको मात्रै जोडदैगर्दा पालैपालो विपक्षमा रहेका हिसास जोड्दै गर्दा क्लियर हुँदैन र हिसाव ? पालैपालो विपक्षमा उभिएकाहरु एउटै पक्षमा उभिए भने नि । धोका खाएकाहरु एक हौं भनेर नारा लाग्यो भने नि । तव राजनेताको गद्दीको हालत के होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । यहाँले अघि काँग्रेसको कसैले राजनेता भनेको उद्धृत गर्न खोज्नुभएको छ । कुरा नचल्ने भन्नुभयो पूर्वप्रधानमन्त्रीजीले । तलबाट हाम्रा सभापतिले इशारा गरेर कुरा चल्ने हो भन्नुभयो । कुरा नचल्नेहरुको कुरा चल्न शुरु भयो भने यहाँको यात्रा चाहीँ कतातिर चल्छ होला ? सम्माननीय प्रधानमन्त्रीज्यु । ’

महामन्त्री शर्माले आफूमाथिको विश्वासको मत घट्दै गएको ख्याल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);