पार्टी फुटाउने सर्वोच्चको फैसलाविरुद्ध अध्यक्ष दाहाल पुनरावलोकनमा जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पार्टी फुटाउने सर्वोच्चको फैसलाविरुद्ध अध्यक्ष दाहाल पुनरावलोकनमा जाने

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्चको पार्टी फुटाउने फैसला आफूहरुलाई टाउकोमा हानेको जस्तो भएको बताएका छन्।

बिहीबार सिन्धुलीमा कार्यकर्ताहरुसँगको छलफलमा अध्यक्ष दाहालले गएको फागुन २३ को सर्वोच्चको पार्टी फुटाउने फैसलाले आफूहरुलाई टाउकोमा हानेको जस्तो भएको बताएका हुन् । उनले भने, “संसद पुनःस्थापनापछि ‘रिल्याक्स’ गरेको बेला सर्वोच्चले पार्टी फुटाइदियो । हामीलाई टाउकोमा ड्याम्म हान्याजस्तो भएको छ । ”

प्रतिनिधि सभा पुर्नस्थापनापछि ढुक्क भईरहेको बेला सर्वोच्चले पार्टी फुटेको फैसला गरेको दाहालको भनाई छ । सर्वोच्चको फागुन २३ को फैसला विरुद्ध पुनरावलोकनमा जाने तयारी गरिरहेको पनि दाहालले बताए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताउने सर्वोच्चको निर्णय जन्मिसकेको बच्चालाई फेरि आमाको गर्भ भित्र पठाए जस्तो भएको भन्दै दाहालले टिप्पणी गरेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);