ओलीको पार्टीमा हामी जाने र ओली हाम्रो पार्टीमा आउने कुरा होइन : ठाकुर गैरे (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओलीको पार्टीमा हामी जाने र ओली हाम्रो पार्टीमा आउने कुरा होइन : ठाकुर गैरे (भिडियोसहित)

काठमाडौ, १४ चैत । एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले आफूहरु ओलीको पार्टीमा र ओली एमालेमा आउने जस्तो व्यवहार गलत भएको बताएका छन् । शनिबार इमाउन्टेन टिभीसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सर्वोच्चको फैसला पछि एमाले २०७५ जेठ २ को अवस्थामा पुगेकोले त्यहाँबाट पार्टी संचालन हुनुपर्नेमा उनले जोड दिए ।

सर्वोच्चको फैसला पछि एमाले र माओवादी दुबैलाई ब्युँताई दिएकोले एमालेलाई एकतावद्ध भएर अगाडि बढाउनु पर्नेमा गैरेले जोड दिए । उनले सर्वोच्चको फागुन २३ को फैसला राजनीतिक प्रकारको भएको र निवेदकले नमागेको कुरामा आदेश भएको उनले दावी गरे ।

‘ निवेदकले नेकपा नाम मात्र आफूले पाउन माग गरेकोमा त्यो भन्दा पर गएर एमाले र माओवादीबीचको एकता भंग गर्ने विचित्रको फैसला भएको छ’ गैरेले भने । उनले एमालेलाई एकतावद्ध र बलियो बनाएर लानुपर्नेमा कमजोर बनाउने र बिभाजन गर्ने षड्यन्त्र भएको बताए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);