फैसला पुनरावलोकनका लागि अनुमति नदिने सर्वोच्चको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

फैसला पुनरावलोकनका लागि अनुमति नदिने सर्वोच्चको निर्णय

काठमाडौं, १९ चैत । नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरावालोकनका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको निवेदन सर्वोच्चले अस्वीकार गरेको छ ।

प्रधानन्यायधीश चोलेन्द्र शम्सेर राणाको पूर्ण ईजलासले फैसला पुनरावलोकनको मागलाई अनुमति नदिने निर्णय सुनाएको छ। यसका लागि राणाको नेतृत्वमा न्यायाधीश तेजबहादुर केसी र प्रकाश कुमार ढुंगानाको पूर्ण इजलासमा सुनुवाई भएको थियो।

सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसला गरेपछि गत मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनरावलोकनको निवेदन दिएका थिए ।

एमाले र माओवादीलाई अलग गरिदिने फैसला गरेर सर्वोच्च अदालतले संवैधानिक र कानूनी जिम्मेवारीको सीमा नाघेको माओवादी केन्द्रको टिप्पणी थियो ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता बदर गरिदिएको थियो । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । त्यसलाई निर्वाचन आयोगले २०७५ सालमा दर्ता गरेर मान्यता दिएको थियो ।

तर पहिल्यै आफ्नो नेतृत्वको नेकपा निर्वाचन आयोगमा दर्ता भएको भन्दै अध्यक्ष ऋषि कट्टेल निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);