कारबाहीपछि घनश्याम भुसालको प्रतिक्रियाः ओलीसंग कि चाकर छन् कि शत्रु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कारबाहीपछि घनश्याम भुसालको प्रतिक्रियाः ओलीसंग कि चाकर छन् कि शत्रु

काठमाडौं, १९ चैत । एमालेबाट बिहीबार छ महिनाका लागि निलम्बनमा परेका घनश्याम भुसालले प्रधामनन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति कडा प्रतिक्रिया जनाएका छन् । उनले ओलीसंग कि चाकर कि शत्रु भएको टिप्पणी गरेका छन् । सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो प्रतिक्रिया जनाएका हुन् ।

यो पनि पढ्नुहोस : घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाईपनि छ महिना निलम्बन

उनले लेखेका छन् ‘असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची दिन्छु’, यो उनी आफैले कबुल गरेको जीवन दर्शन हो । एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ । उनका लागि संसारमा या त चाकर छन् या शत्रु ’।

भुसाल अगाडि लेख्छन् ‘उनले हाम्रो पार्टीको गौरवको चीरहरण गर्दैछन्, हामीले सामना गरौँला-गर्नेछौँ । तर यिनले लोकतन्त्रको जुन हुर्मत लिएका छन् त्यो अपूरणीय छ । उनको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर हामीले लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौँ । मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु’ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);