‘शत्रु गते’मा को बलियो?, हरिवंश कि दीपकराज ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘शत्रु गते’मा को बलियो?, हरिवंश कि दीपकराज ?

काठमाडौं, १० चैत । प्रतिक्षीत फिल्म ‘शत्रु गते’ शुक्रवारबाट हल-हलमा चढिसकेको छ । मल्टिस्टार कलाकार र गीतसंगीतको चर्चाका कारण रिलिज अगावै धेरैले यो फिल्मलाई हेर्नु पर्ने फिल्मको लिस्टमा राखेका थिए ।

मह जोडीको कमब्याक, ‘छक्का पञ्जा’ टिमको बाहुल्यता र ‘जात्रा’ निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेका कारण पनि ‘शत्रु गते’ माथि सबैको नजर अडिएको छ । प्रदर्शनको पहिलो दिन शुक्रवार सुखद ओपनिङ गरेको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ । राम्रो र नराम्रो भन्ने दुबैथरी दर्शक छन् ।

मल्टिप्लेक्समा उच्च शो पाएको यो फिल्मले सिंगल हल अधिकांश आफ्नो कब्जामा पारेको छ ।

फिल्ममा को बलियो छ ? 

फिल्ममा अभिनेत्री दीपाश्री निरौलाले हरिवंश आचार्यको श्रीमतिको भूमिका निर्वाहा गरेकी छिन् । यी दुईलाई पहिलो पटक स्क्रिनमा श्रीमान्-श्रीमतिको भूमिकामा दर्शकले देख्न पाएका हुन् । फिल्म हेर्ने दर्शकले यो कपलको तारिफ गर्न विर्सदैनन् । हरिवंश र दीपाश्रीको जोडी कमालको देखिएको छ ।उक्त फिल्ममा अभिनेता पल शाह र आँचल शर्माको जोडी देख्न पाइन्छ । इन्गेजमेन्ट गरिसकेका यी दुईको विवाहको मिति नजिकिँदै गर्दा एउटा ठूलो अवरोध आइपर्छ । जसले फिल्मको कथामा ठूलो उथलपुथल आउँछ । फिल्मका हिरो र हिरोइन पल र आँचल नै हुन् । ‘शत्रु गते’ को सुरु र अन्त्य यी दुईबाटै हुन्छ ।

यस्तै, फिल्मका मेरुदण्ड हुन् दीपकराज गिरी । उनको जोडी इन्स्पेक्टर प्रियंका कार्कीसँग बाँधिएको छ । पछिल्लो समय युट्युबलाई कमाउ धन्दामा प्रयोग गर्नेहरुलाई फिल्मले गतिलै झापड लगाएको छ । दीपक उर्फ राहुलले आफ्नो स्वार्थका लागि विभिन्न भिडियो युट्युबमा अपलोड गरेर आम्दानी गर्ने गर्छन ।

मदनकृष्ण श्रेष्ठ, रमेश रञ्जन झा, बसुन्धरा भुषाल, शिवहरी पौडेल, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय पनि तारिफयोग्य छ । कमेडी संवाद र विभिन्न घट्नाक्रमले दर्शकलाई मज्जाले हँसाउछ ।

निर्देशक प्रदीप भट्टराईले आफ्नो तर्फबाट गर्न सक्ने मिहिनेत सक्दो गरेका छन् तर उनलाई ‘जात्रा’ बाट पाएको वाहवाही भने यसबाट बचाउन गाह्रो छ । ‘शत्रु गते’ लाई उनले राम्रो नभई ब्यवसायिक बनाउन बढी दिमाग खियाएका छन् । फिल्मीखबरबाट 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);