‘ब्याङ ब्याङ’ को सिक्वेलमा फेरि ऋतिक र कटरीना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘ब्याङ ब्याङ’ को सिक्वेलमा फेरि ऋतिक र कटरीना

ritik n katrine

काठमाडौं, ९ चैत । बलिउड अभिनेता ऋतिक रोशन र अभिनेत्री कटरीना कैफ अन्तिम पटक फिल्म ‘ब्याङ ब्याङ’ मा देखिएका थिए । फिल्म वर्ष २०१४ मा रिलिज भएको थियो । फेरि यो जोडी यही फिल्मको सिक्वेलमा देखिने भएका छन् । फिल्मको नाम ‘ब्याङ ब्याङ रिलोडेड’ हुनेछ ।

मेकर्सले यो टाइटल रजिस्टर गरिसकेका छन् । तर, यसको औपचारिक जानकारी भने दिइएको छैन । ‘ब्याङ ब्याङ’, टम क्रूज र क्यामरन डियाज स्टारर ‘नाइट एन्ड डे’ को रिमेक थियो । यो फिल्म भन्दा अगाडि ऋतिक र कैट, जोया अख्तरको ‘जिन्दगी ना मिलेगी दोबारा’ मा देखिएका थिए ।

ट्रेड एनालिस्ट अमूल मोहनले ट्विटरमा यो खबर शेयर गर्दै लेखेका छन्, ‘ब्याङ ब्याङ’ को मेकर्सले यसको सिक्वेलमा काम गर्न सुरु गरिसकेका छन् । फिल्मको नाम ‘ब्याङ ब्याङ रिलोडेड’ हुनेछ । ऋतिक र कटरीना फेरि एकपटक पर्दामा देखिन सक्नेछन् ।’

गएको वर्ष सिद्धार्थ मल्होत्रा र ज्याकलीन फर्नान्डिसको ‘ए जेन्टलम्यान’ लाई धेरैले ‘ब्याङ ब्याङ’ को सिक्वेल सम्झिएका थिए । तर, मेकर्सले पछि यो फिल्म ‘ब्याङ ब्याङ’ को सिक्वेल नभएको स्पष्ट पारेका थिए ।

ऋतिक अचेल ‘सुपर ३०’ को सुटिङमा व्यस्त छन् । यसपछि उनी ‘कुष ४’ को काम सुरु गर्नेछन्, जुन वर्ष २०२० मा रिलिज हुँदैछ । यस्तै, कटरीनासँग अहिले आनन्द एल रायको ‘जोरी’ र विजय कृष्णन आचार्यको ‘ठग्स अफ हिन्दोस्तान’ छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);