जब भयो प्रेम र गीतको जम्काभेट | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जब भयो प्रेम र गीतको जम्काभेट

जीवनमा कहिले काहिँ छुट्न नचाहेकै मान्छेसँग टाढिनु पर्छ त कहिले भेट्न नचाहेकै मान्छेसँग सजिलै जम्काभेट हुन्छ । यस्तै एक घट्ना घट्यो अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबीच पनि ।

pradeep n puja

काठमाडौं, ८ चैत । जीवनमा कहिले काहिँ छुट्न नचाहेकै मान्छेसँग टाढिनु पर्छ त कहिले भेट्न नचाहेकै मान्छेसँग सजिलै जम्काभेट हुन्छ । यस्तै एक घट्ना घट्यो अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्माबीच पनि ।

वर्ष २०७२ मा रुचाइएको फिल्म प्रेमगीतमा यो जोडीलाई दर्शकले देख्न पाएका थिएनन् । यसपछि एकाएक यो कपल खोलाको दुई किनारा भए । प्रेमगीत निर्माता सन्तोष सेन र निर्देशक सुदर्शन थापाको दुश्मनीले पूजा र प्रदीपको सम्बन्धमा पनि दरार उत्पन्न भयो । अन्ततःचंखे शंखे पंखेु र प्रेमगीत निर्माण टिम फुट्यो । सन्तोषले प्रदीप लिए अनि सुदर्शनले पूजा लिएर बाहिरिए ।

अहिले सुदर्शन र सन्तोषको सम्बन्ध पूरै भद्रगोल छ । फेरि टिमअप हुने सम्भावनाको विरुवा पानी अभावमा सुकिसकेको छ ।  यसैबीच, बुधवार काठमाडौंको पुतलिसडकमा रहेको स्टार मलमा एक अनौठो घट्ना घट्यो । जसले जो कोहीलाई सजिलै पत्याउन मुश्किल हुन्छ । प्रेमगीत रिलिजपछि एकअर्काको कुरा सुन्दा पनि झर्किने पूजा र प्रदीप अर्थात, प्रेम र गीतको एक्कासी जम्काभेट भयो । न पूजाले यो चाहेकी थिइन् न त प्रदीपले नै ।

चैत ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको आफू अभिनीत फिल्म लिलिबिलीको विषयमा एक मिडियासँग कुराकानी गर्न प्रदीप, नवअभिनेत्री जसिता गुरुङसँग स्टार मल पुगेका थिए । यस्तैमा रामकहानी अभिनेत्री पूजा र अभिनेता आकाश श्रेष्ठ पनि टुप्लुक्क त्यहाँ पुगे ।

प्रेम र गीतको एकाएक आँखा जुधे । तर, दुबैले बोल्ने आँट जुटाएनन् । बरु तर्किने प्रयास गरे । सञ्चारकर्मी दिनेश सिटौलाले दुबैलाई भेटका लागि वातावरण तयार गरे । यसपछि प्रदीप आफैंले के छ भन्दै पूजासँग कुरा अगाडि बढाए । पूजालाई सहज महशुस भएछ क्यारे उनले पनि कुरा अगाडि बढाइन् ।

प्रदीप र पूजाबीच केहीबेर मिठा हँसिला कुरा भए । वर्ष २०७३ मा प्रेमगीतु बाट प्राप्त अवार्ड उचाल्न एलजी फिल्म अवार्ड पुग्दा यी दुईले अंकमाल गरेका थिए । त्यसपछि पहिलो पटक स्टार मलमा उभिएर गरिएको कुरालाई विट मार्ने क्रममा फेरि यी दुईले हगु गरे । यी दृश्य कम्ता रमाइला थिएनन् ।

अब एउटै फ्रेममा देख्न असम्भव भनिरहँदा प्रदीप र पूजाको अंकमालले फेरि एकपटक उनीहरुका प्रशंसकको मनमा आशाको ज्योति बल्न थालेको छ । यसले दर्शकमा मात्र होइन यी दुईलाई लिएर फिल्म निर्माण गर्ने इच्छा बोकेका निर्माता निर्देशकलाई पनि धेरै ठूलो साहस जुटाइदिएको छ । अब हेर्न यो बाँकी छ कि पूजा र प्रदीपको सम्बन्ध यही अंकमालमा मात्र सिमित हुने हो वा पर्दामा पनि फेरि एकपटक हेर्न पाइनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);