'म स्टेट फर्वाड छु' : चकलेटी ब्वाई प्रदीप खड्का | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

‘म स्टेट फर्वाड छु’ : चकलेटी ब्वाई प्रदीप खड्का

pradeep-khadka

काठमाडौं, २७ फागुन । चकलेटी ब्वाई प्रदीप खड्का आइतबारबाट २८ औं वर्षमा प्रवेश गरेका छन् ।

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ बाट हाइपमा आएका उनले आफ्नो जन्मदिन फ्यान र पत्रकारसँग सेलिब्रेट गरे ।

चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ टिमले आयोजना गरेको बर्थडे सलिब्रेसन कार्यक्रममा उनलाई पत्रकारले सोधे तपाईंको नराम्रो बानी के हो ? उनले जवाफ दिन समय लगाएनन् । उनले आफ्नो मजाक गर्ने बानी रहेको स्वीकारे । उनले भने कुनै पनि कुरा मजाक गर्ने बानी आजकाल नराम्रो साबित भइरहेको छ । सायद यही नै होला मेरो नराम्रो बानी । किनकि, म स्टेट फर्वाड छु ।

हालै फिल्म ‘लभ स्टेशन’ को ट्रेलर रिलिज कार्यक्रममा अघिल्ला फिल्मबाट निर्देशक चाहिँ राम्रो चाहिने रहेछ भन्ने महशुस भएको बताएपछि उनको जमेरै आलोचना भएको थियो । यस अघि काम गरेका निर्देशकहरु नराम्रो रहेको आशयले मजाक उडाएको भन्दै प्रदीपमा स्टारडमको घमण्ड चढ्न थालेको टिकाटिप्पणी भएको थियो । उनले ‘लिलिबिली’ रिलिज यताका अभिनेत्री द्वय पूजा शर्मा र अश्लेषा ठकुरी प्रति पनि व्यंग्य गरेका थिए ।

प्रदीपले आफूलाई कुनै बानी सुधार गर्नु पर्ने लागेको खण्डमा त्यसलाई त्याग्न तयार रहेको पनि बोले । प्रदीपले शनिबार साँझ नै जसिता सहित फिल्मको टिमसँग बर्थडे सेलिब्रेसन गरेको खुलाए ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);