‘लभ स्टेशन’ मा प्रदीप र जसिताको जोडी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

‘लभ स्टेशन’ मा प्रदीप र जसिताको जोडी

pradip jasita

काठमाडौं, १६ जेठ । अभिनेता प्रदीप खड्का र लिलिबिली निर्माता तथा वितरक गोविन्द शाहीले संयूक्त रुपमा निर्माण गर्न लागेको फिल्मको नाम तय भएको छ । फिल्मीखबर डटकमलाई प्राप्त जानकारी अनुसार, उज्जवल घिमिरेले निर्देशन गर्ने फिल्मको नाम ‘लभ स्टेशन’ राखिएको छ ।

प्रदीप खड्काको लिड रोल रहने यसमा लिलिबिली फेम अभिनेत्री जसिता गुरुङ प्रमुख भूमिकामा अनुबन्ध भएकी छन् । स्रोतका अनुसार, अहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि कुरा भइरहेको छ । यसमा तीन अभिनेत्रीको लिड रोल रहने खबर प्राप्त छ ।
जसितासँग प्रदीप दोस्रो पटक काम गर्दैछन् । यसअघि यो कपलले गएको वर्ष प्रदर्शनमा आएको फिल्म लिलिबिलीमा सँगै काम गरेका थिए । यो फिल्मपछि अभिनेत्री गुरुङलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेरेको छ ।
फिल्मको रिलिज डेट फागुन २४ लाई पक्का गरिएको छ । प्रदीप अहिले गोपीकृष्ण ब्यानरको फिल्म रोजीमा व्यस्त छन् । यस फिल्मको सुटिङ सकिए लगत्तै लभ स्टेशन को छायांकन सुरु हुनेछ । अहिले स्क्रिप्टको फाइनल ड्राफमा काम भइरहेको छ ।
गोविन्दको काफिया फिल्मस् र प्रदीपको ब्यानर प्रदीप मिडिया प्रा लि बाट यो फिल्म निर्माण हुनेछ । प्रदीपले यसअघि स्केप र ठूलोमान्छे नामक फिल्म निर्माण गरेका थिए । यी दुबै फिल्म बक्सअफिसमा असफल भएका थिए । फिल्मीखवरबाट

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);